Showing posts with label Tips N Tricks. Show all posts
Showing posts with label Tips N Tricks. Show all posts

Thursday, March 22, 2018

Are you appearing in S.E.E. exams? Don't forget to follow the following tips:


"Hard work always does not give you best result, sometimes if you ignore simple work you may even get worst result." So, follow the tips during examination days:-
i. First check materials you need for the exam. e.g. If its maths, calculator. (pens, pencils, instrument box etc)
ii. You should have back up of every materials. e.g. at least two pens of having same ink color.If you use other kind of dot pens then their refills etc.
iii. The very first write down your Symbol Number and just before submission of your answer sheet, recheck it once again; the thing you should not forget is: it should be in neat and clean handwriting.
iv. First you answer or solve the question you know or confident at, after you finish them try to remember and answer those question that you do not know. If you really don't know answer don't panic just take a long breathe and try once; no matter what you write; write related stuff according to the questions. Don't just leave blanks in while answering.
v. Last but not least never disturb other and be disturbed yourself during examination. The 3 hours exam is not going to change your whole life.
Thank You.
"All The Best" - S.E.E. student - 2074
Read more

Monday, January 1, 2018

SEE परीक्षाकाे लागि तयारी कसरी गर्ने ?

विद्यार्थीले अध्ययनको समयतालिका बनाएर तयारी गर्नुपर्छ । त्यसबाहेक आत्मविश्वास बढाउने, चिन्ता नलिने तथा परीक्षाको रुटिनअनुसार विषयगत तयारी तथा अभ्यासलाई प्राथमिकता दिनुपर्छ । त्यसरी परीक्षाको तयारी गर्दा सफलता पाउन सकिन्छ ।
तयारी विधि
परीक्षा नजिकिँदै जाँदा विद्यार्थीहरू कसरी पुर्नपठन गर्ने भन्ने सन्दर्भमा अन्योलमा हुन्छन, तर यो छोटो समयमा पनि सामान्य अध्ययनविधि अपनाउँदा प्रसस्त फाइदा लिन सकिन्छ । आफूलाई गाह्रो लाग्ने विषयलाई प्राथमिकता दिएर अध्ययन गर्नुपर्छ । सबै विषयलाई आवश्यकताअनुसार कम–बढी समय छुट्याएर नियमित अध्ययन गर्नुपर्छ । अध्ययन गरेको विषय स्मरण गर्न बेग्लै समय छुट्याउनुपर्छ, जसका लागि सरसर्ती पुस्तक एवं नोट हेर्नुपर्छ । योजनाबद्ध र नियमित अध्ययन गर्ने विद्यार्थीले परीक्षाको समयमा पाठ घोक्ने होइन, आफूले अध्ययन गरेको विषय एवं पाठका सम्बन्धमा चिन्तन गर्नुपर्छ । आफूले अध्ययन गर्ने विषयवस्तु प्रती उक्तरदायी हुन पनि आवश्यकता रहन्छ ।

आत्मविश्वास
परीक्षाकोठा चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा आत्मविश्वास हो । जस्तोसुकै कठिन प्रश्न सोधिए पनि, अप्ठ्यारो अवस्था आए पनि त्यसलाई समाधान गर्छु भन्ने आत्मविश्वास परीक्षार्थीमा हुनुपर्छ । कतिपय विद्यार्थीमा आफूलाई आएको उत्तर पनि लेख्न नसक्ने र अरूको उत्तरपुस्तिका हेर्ने बानी हुन्छ, त्यसले थप अन्यौल सिर्जना गर्छ । यस्तो बानी त्याग्नुपर्छ । हलमा पुगेपछि कुनै–कुनै विद्यार्थी आफूले जानेको कुरा पनि बिर्सन्छन्, डरले काम्ने, चिढ्चिढाउने प्रवृत्ति हुन्छ । यस्तो समस्या आत्मविश्वासको कमीले हुन्छ ।

चिन्ता नलिने
जब परीक्षा आउँछ, विद्यार्थीलाई चिन्ताले सताउन थाल्छ । राम्रा विद्यार्थी कम नम्बर आउने हो कि भनेर चिन्ता गर्छन् भने मध्यम खालका विद्यार्थी उत्तीर्ण हुन नसकिएला कि भन्ने चिन्तामा हुन्छन् । आफूलाई कमजोर मान्ने विद्यार्थी कसरी परीक्षामा सामेल हुने विषयमै चिन्तित हुन्छन्, तर यसरी परीक्षाको घडीमा चिन्ता लिँदा सिकेको र जानेको कुरा पनि लेख्न नसकिने हुन्छ । तसर्थ सिकेको र जानेको कुरालाई नयाँ ढंगले प्रस्तुत गर्ने सोच बनाउनुपर्छ । त्यसले चिन्तालाई केही हदसम्म कम गर्छ । तनाव कम गर्दै कसरी परीक्षामा राम्रो अंक ल्याउने भन्नेतर्फ आफूलाई केन्द्रित गर्नुपर्छ । सकारात्मक सोच एवं परिश्रमको फल मीठो हुन्छ भन्ने भावना मनमा जगाउनुपर्छ ।

लगनशीलता

लगनशीलताबिना कुनै पनि क्षेत्रमा सफल हुन सकिँदैन । त्यसैले परीक्षार्थीले विषयवस्तुमा ध्यान दिनैपर्छ र ती विषयवस्तुलाई कसरी नयाँपनका साथ प्रस्तुत गर्ने भन्ने चिन्तन गर्नुपर्छ । कुनै विद्यार्थी लगनशील छ भने उसले नतिजामा पछुताउनु पर्दैन । जान्नका लागि सधैं उत्सुक हुने, आफूलाई मन लागेको बेला पढ्ने र अल्छी लागे पनि त्यही विषयसँग सम्बन्धित अनौपचारिक क्रियाकलापहरू गर्दा स्थिति सहज हुन्छ । नयाँ कुरा सिक्न र जान्न खोज्ने बानीको विकासले लगनशील हुन प्रेरित गर्छ । सिक्दै जाँदा नजानेको र अप्ठ्यारो विषय आए शिक्षक वा आफूभन्दा जान्ने साथीसँग सोधीखोजी गर्नुपर्छ ।
अभ्यास
लगनशीलताले मानिसलाई नयाँ–नयाँ कुरा खोज्न प्रेरित गरेझै अभ्यासले त्यो कुरालाई पूर्ण बनाउन मद्दत गर्छ । विशेष गरी गणित, विज्ञानजस्ता प्रयोगात्मक विषय बारम्बार अभ्यासले परीक्षामा सहज बनाउँछ । परीक्षा नजिकिँदै जाँदा पाठ्यपुस्तकभन्दा पनि विगतका परीक्षामा सोधिएका प्रश्नपत्रहरूको संकलन गरी अभ्यास गर्नु फलदायी हुन्छ । आफूले अध्ययन गरिसकेपछि ती विषयको अभ्यासलाई पटक–पटक दोर्होयाउनु लाभदायक हुन्छ । यी सम्पूर्ण कुराहरुमा ध्यान दिएमा मात्रै परीक्षामा सफल हुन सकिन्छ
Read more

Friday, December 22, 2017

बिधार्थी सफल हुने तरिका

१.सही तयारी
सर्वप्रथम त विद्यार्थीले आफ्ना पुस्तक,नोट कापीहरू, पेन, पेन्सिल, शब्दकोषलगायतका आवश्यक सामाग्री आफ्नो कोठामा या पढाइ कोठामा जतिबेला जे खोजे पनि भेटिने गरी तयारी अवस्थामा राख्नुपर्छ । विषयअनुसारका पुस्तक र सम्बन्धित नोटकापी एवं अन्य वस्तु छुट्याएर राख्नुपर्छ ताकी खोजेको बेलामा र पढ्नुपर्ने बेलामा भेटियोस् । परीक्षा दिन चाहिने प्रवेश पत्रदेखि घडी,क्यालकुलेटर, रफ पेपर जस्ता आवश्यक सामान सधैं तयारी अवस्थामा भयो भने कहिल्यै तनावको स्थिति आउँदैन ।
२.कक्षामा ध्यान दिने
विद्यार्थीले सधैं कक्षामा शिक्षकले अध्यापन गराइरहेको बेला ध्यान दिनु जरुरी छ । उमेरको कारण पनि मन चन्चल हुन्छ । साथीभाइको क्रियाकलापमामा ध्यान जान्छ,पढाइमा एकोहोरो ध्यान लगाउन मुस्किल हुन्छ । त्यस्तो अवस्थामा लामो गहिरो स्वास २/३ पटक लिने, सेकेन्डको निम्ति आँखा बन्द गर्ने र फेरि २/३ पटक लामो गहिरो स्वास लिने गर्नुपर्छ । यसले ध्यान केन्द्रित हुन मद्दत पुग्छ ।
किनकि ध्यान विना जति पढाए पनि बुझ्नै कठिन हुन्छ । बानी जे लगायो त्यही हुन्छ, त्यसैले विद्यार्थी सधैं आफ्नो पढाइमा सक्रिय रहनुपर्छ । शिक्षकले पढाएको बेलामा आँखा जुधाएर ध्यान दिने, आफ्नो सबै ध्यान शिक्षकतिर लगाउने गर्नुपर्छ । कक्षामा शिक्षकले दिने जिम्मेवारीबाट पन्छिन खोज्नु हुँदैन । कक्षाका हरेक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रयास गर्नुपर्छ ।
३.उद्देश्यमा लगनशीलता
विद्यार्थीको उद्देश्य आफ्नो पढाइ पूरा गर्नु हो । पढाइप्रति दिक्क मानेर उम्किने अवस्था होइन विद्यार्थीको, किनभने यतिबेला अलिकति संघर्ष गरेर भए पनि भविष्य उज्वल पार्न भविष्यमा नपछुताउने गरी आफ्नो उद्देश्यमा लगनशील हुनुपर्छ ।
हरेक विद्यार्थीले मैले मेरो लागि, मेरो भविष्यमा एउटा राम्रो पेसा अंगालेर सुखी र आनन्दित जीवन जिउनका लागि र म खुसी भएँ भने त्यही नै मेरो परिवारको खुसी हो भन्ने कुरालाई ध्यानमा राखियो भने उद्देश्यमा लगनशील हुन प्रेरणा प्राप्त हुन्छ ।
५.अनुशासन
विद्यार्थीको सबैभन्दा ठूलो गुण अनुशासन हो । अनुशासित विद्यार्थी कहिल्यै असफल हुनै सक्दैन । कक्षा कोठामा हल्ला नगर्ने, पढाएको विषयमा ध्यान दिने, नबुझेको कुरा शिक्षकलाई सोध्ने अनुशासनका गुण हुन् । त्यस्तो गर्न सकेमा शिक्षकलाई पनि कुन विद्यार्थीको स्तर कस्तो छ थाहा पाउन सजिलो हुन्छ ।
प्रश्न सोधेपछि के जवाफ आउँछ त्यसलाई नोट गरेर राख्नुपर्छ । आफू अनुशासित भयो भने छेउमा बस्ने साथी या पूरै कक्षा शान्त हुन सक्छ । शिक्षक पढाउँदै गर्ने तर बुझिएको छैन भने हात उठाएर सोध्ने, ठूलो स्वरमा अरूले पनि बुझ्ने गरेर सोध्ने गर्नुपर्छ । यसो भएमा अरू साथीले समेत फाइदा लिन सक्छन् । सरसफाइ, मिठो बोलीबचन, सहयोगी भावना पनि अनुशासनभित्रै पर्छन् ।
६.शिक्षकसँग सल्लाह लिने
कक्षामा आफू मात्रै नहुने भएकोले अरू साथीहरू कस्ता छन्, साथीहरूले गर्दा कक्षा हल्ला हुन्छ या नबुझ्ने साथीहरू धेरै छन् भने कसरी कक्षाकोठा र पढाइ प्रभावकारी हुन्छ, शिक्षकसँग सल्लाह गर्ने विद्यार्थी सफल र असल विद्यार्थी हो । साथीहरूको समूह बनाएर समूहमा अध्ययन र छलफल गर्नाले पनि धेरै कुरा बुझ्न सजिलो हुन्छ ।
७.नियमित नोट बनाउने
कक्षामा पढाइएको प्रत्येक विषयको बारेमा नोट बनाउने र बेलाबेलामा त्यसलाई पढ्ने र समीक्षा गर्नुपर्छ । नोट बनाउनाले नबुझेका कुरा फेरि शिक्षकसँग सोध्न सकिन्छ भने बुझेका कुरामा अरू प्रष्ट भइन्छ । नोट तयार पार्नु सफल विद्यार्थीको एउटा गुण हो । किनभने दिनभर कक्षामा पढेका कुरा साँझसम्म बिर्सिन सकिन्छ । त्यसैले नोट बनाउने बानीले धेरै सहयोग पुग्छ ।
८.अभिभावकसँग सबै कुरा खुलेर व्यक्त गर्ने
अपवादको रूपमा बाहेक कुनै पनि अभिभावक आफ्ना छोराछोरीको पढाइ कस्तो छ होला भनेर नजिकबाट बुझ्न र जान्न चाहन्छन् त्यसैले दिनभर विद्यालयमा केके भयो सेयर गर्दा उनीहरू खुसी हुन्छन् । शिक्षकसँग बुझेको कुरा या नबुझेको कुरा, साथीसंगतको कुरा या विद्यालय वातावरणको कुरा सबै अभिभावकसँग सेयर गर्ने विद्यार्थी असल विद्यार्थी र असल सन्तान पनि हो । विद्यालयका कुरा मात्र होइनन् आफ्ना व्यक्तिगत समस्या पनि अभिभावकसँग खुलेर व्यक्त गर्नुपर्छ । किनकि अव्यक्त भावना र मनभित्रका कुरा नभनेसम्म बुझ्न गाह्रो हुन्छ ।
९.समयको पालना र धैर्यता
समयको व्यवस्थापन विद्यार्थीको एउटा महत्त्वपूर्ण गुण हो । कक्षाकोठामा समयमा प्रवेश गर्ने, गृहकार्य, कक्षाकार्य समयमै गर्ने, खाजाखाने छुट्टीमा समयमा सकाउने र समयमा कक्षाकोठामा हाजिर हुने, घरबाट विद्यालय समयमै निस्कने, विद्यालय छुट्टी भएपछि समयमै घर पुग्ने बानी बसाल्नुपर्छ । जसले गर्दा शिक्षक र अभिभावकप्रति नै आफ्नो बारेमा विश्वास बढ्छ । समयको पालना गर्नाले धैर्यताको विकासमा सघाउ पुर्‍याउँछ ।
खेल्ने, गृहकार्य गर्ने, पढ्ने, अभ्यास गर्ने र फ्रेस हुने समयतालिका बनाएर त्यसअनुसार चल्नु विद्यार्थीको महत्त्वपूर्ण गुण हो । केही कुरा बिग्रना साथ या आफूले सोचेजस्तो नहुँदैमा आत्तिनु हुँदैन ।
१०.SEE examination तनाव होइन, एउटा खुड्किलो
माथि जति बुँदागत कुराहरू उल्लेख गरे पनि महत्त्वपूर्ण कुरा के हो भने तीन घन्टाको SEE परीक्षाले जीवन निर्धारण गर्ने होइन, तर SEE उच्च अध्ययनका लागि एउटा खुड्किलो भएकोले विना तनाव, ध्यानपूर्ण तरिकाले SEEको तयारीमा लाग्नुपर्छ । सकारात्मक सोचाइ र स्वस्थ खाना अनि शरीरको स्वास्थ्यमा पनि ख्याल पुर्‍याउनु विद्यार्थीको कर्तव्य हो ।
दिनमा ७/८ पटक खुलेर हास्ने, कक्षाकोठामा बस्दा पनि बीचबीचमा पानी पिउने, बाथरुम जाने, फुर्सदको समयमा एकछिन साथीहरूसँग खेल्ने, बेलाबेलामा पानी पिउने र सम्झेर बेलाबेलामा लामो गहिरो स्वास लिने बानी गर्दा स्वस्थ,स्वच्छ र फूर्तिलो अनुभूति हुन्छ।
Read more